दूरसञ्चार सेवा प्रदायक तीन कम्पनीको अनुमतिपत्र खारेज
नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायक तीन कम्पनीको अनुमतिपत्र खारेज गरेको छ । प्राधिकरणबाट इन्टरनेट इ–मेलसहितको दूरसञ्चार सेवा सञ्चालन गर्न अनुमतिपत्र प्राप्त गरेका युनाइटेड टेलिकम, म्याक्स नेट सोलुसन र चितवन नेटवर्क प्रालिको अनुमति पत्र खारेज गरेको हो । ती सेवा प्रदायकहरूले अनुमतिपत्र नवीकरण गर्न तोकिएको समयावधि भित्र नवीकरण बापतको दस्तुर दाखिला गरी अनुमतिपत्र नवीकरणका लागि निवेदन पेस नगरेकाले उनीहरुको अनुमति पत्र स्वतः खारेज भएको प्राधिकरणले जानकारी दिएको छ ।ती संस्थाहरूलाई ३० दिनभित्र सम्पर्क गरी नियमानुसार तिर्नुपर्ने रकम तिर्न पनि अनुरोध गरेको छ । अन्यथा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइने प्राधिकरणले चेतावनी दिएको छ ।
प्रतिक्रिया