नेपालमा डलरको भाउ हालसम्म कै उच्च विन्दुमा
एक अमेरिकी डलरको बिक्री दर १३३.७५ पैसा कायम
अमेरिकी डलरको भाउ नेपालमा आज हालसम्म कै उच्च विन्दुमा पुगेको छ । आज एक अमेरिकी डलरको बिक्री दर १ सय ३३.७५ पैसा कायम भएको हो । यसअघि मंसिर १५ गते डलरको मूल्यले रेकर्ड बनाउँदै १ सय ३३ रुपैया ७४ पैसा पुगेको थियो । भारतीय मुद्रा कमजोर हुँदा डलर महँगिएर नेपाली रुपैयाँ सबैभन्दा सस्तो स्तरमा झरेको हो । डलरको मूल्य बढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्स आयमा वृद्धि हुन्छ । डलरको वृद्धिले निर्यात व्यापारलाई राहत मिल्ने छ । वस्तु तथा सेवा बिक्रीबाट हुने आम्दानीका साथै पर्यटन क्षेत्रको आयमा समेत सुधार हुनेछ । हस्तकला लगायत नेपाली समानका निकासीकर्ताको आम्दानी बढने छ । तर नेपालले ठूलो मात्रामा आयात गर्ने भएकाले विदेशी मुद्रा तिरेर किन्रुन पर्ने सामान तथा सेवाहरु महँगो पर्ने हुँदा नेपाललाई खासै फाइदा पुग्दैन । बढ्दो पेट्रोलियम र डलरको मूल्यका कारण मंहगी समेत बढनेछ ।।
प्रतिक्रिया