नेतृत्वकर्ताहरु सत्ता र स्वार्थ केन्द्रित हुँदा देश पछि पर्यो: ओली
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले नेतृत्वकर्ताहरु सत्ता र स्वार्थ केन्द्रित हुँदा देश पछि परेको बताएका छन् । बुधबार पार्टीको मध्यपहाडी लोकमार्ग यात्रा अन्तर्गत भोजपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कसैले सरापेर नभइ सत्ता स्वार्थ, स्वार्थ केन्द्रित राजनीति, अर्थनीति र सामाजिक नीतिका कारण देशको विकास हुन नसकेको बताएका हुन् । सत्तासीनहरुको आफू धनी हुने, जनतालाई नहेर्ने, विकासमा रुची नराख्ने लगायतका कारण नेपाल गरिव भएको उनको दाबी छ ।
अध्यक्ष ओलीले उपयुक्त दृष्टिकोण भएको, जनता र जनताका हीतहरुप्रति जवाफदेही सरकार अहिलेको आवश्यकता भएको पनि बताए ।।
ओलीद्वारा उद्घाटन
यसैबीच, नेकपा एमालेका अध्यक्ष केपी ओलीले खोटाङको पंखु लप्से खानेपानी आयोजना उद्घाटन गरेका छन् । झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्राका क्रममा खोटाङ पुगेका ओलीले बुधवार बिहान दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ मा रहेको सो खानेपानी आयोजनाको उद्घाटन गरेका हुन् । कुल ११ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको पहिलो स्किमको काम सकिएपछि उद्घाटन गरिएको हो । सो आयोजनाबाट ४ सय २० घरधुरी लाभान्वित भएका छन् ।।
प्रतिक्रिया