एनसेल प्रकरण रिटको सुनुवाइ नहकुल सुवेदीको इजालसमा
दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको सेयर खरिदबिक्री प्रकरणबारे परेको रिटको सुनुवाइ न्यायाधीश नहकुल सुवेदीको इजालसमा हुने भएको छ । यसअघि तीन दिन लगातार हेर्न नभ्याइने सूचिमा परेको सो रिटमाथि सुनुवाइका लागि आज न्यायाधीश सुवेदीको इजलासमा पेशी तोकिएको हो । आइतबार ,सोमबार र मंगलबार रिटमाथि सुनुवाइका लागि पेशी तोकिए पनि ’हेरुर्न नभ्याइने’ सूचीमा राखिएको थियो । प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले एनसेलको सेयर स्वामित्व खरिद बिक्री रोक्न माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट दिएका थिए । सांसद सिंहले रिटमा नेपालको नियम, कानुनको पालना नगरी कर छल्ने उद्देश्यले निकै कम मूल्यमा ८० प्रतिशत सेयर बिक्री गर्न भएको सम्झौतालाई मान्यता नदिन परमादेशको माग गरेका छन । नेपालको नियमनकारी निकायले अनुमति नदिएको अवस्थामा गरिएको सेयर कारोबारको वैधानिकता उत्प्रेषणको आदेशले बदर गर्न समेत रिटमा माग गरिएको छ ।।
प्रतिक्रिया