एकीकृत समाजवादीकाे सचिवालय बैठक सर्यो
नेकपा एकीकृत समाजवादीको भोलिबाट बस्ने भनिएको सचिवालय बैठक सारिएको छ । बिहीबार र शुक्रबार बस्ने भनिएको बैठक पुस २ र ३ गतेलाई सारिएको पार्टीले जनाएको छ । पार्टीभित्रको आन्तरिक तयारी पनि नपुगेको र बैठकमा सहभागी हुने नेताहरुको कार्यव्यवस्थताको कारणले बैठक सारिएको बताइएको छ । बैठकमा राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बन्न मापदण्ड तय गर्ने, देशभरको सांगठनिक अवस्था, जनवर्गीय संगठनको कार्यप्रगतिको समीक्षा गर्ने तयारी छ । साथै पार्टीको विधान हेरफेर गर्न आगामी माघमा हुने विधान सम्मेलनका लागि एजेण्डा प्रस्ताव गरिने, समान विचार राख्ने राजनीतिक दल, सङ्घसंस्था तथा समूहसँग भएका कार्यगत एकताबारे पनि छलफल हुने नेताहरुले बताएका छन । साथै इलाममा हुने प्रतिनिधिसभाको उपनिर्वाचनलगायत सबै तहको उपनिर्वाचनमा पार्टीको तर्फबाट आवश्यक तयारीबारे पनि बैठकमा छलफल हुनेछ ।।
प्रतिक्रिया