निगमको ग्राउण्ड ह्याडलिङ्ग खोस्ने निर्णयको विरुद्धको धर्ना जारी

नागरिक उड्यन प्राधिकरणद्वारा नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याडलिङ खोस्ने निर्णय बिरुद्धको धर्ना ८ औँ दिन पनि जारी छ । नागरिक उड्यन प्राधिकरणद्वारा नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याडलिङ खोस्ने निर्णयको बिरुद्ध संयुक्त ट्रेड युनियन संघर्ष समितिले धर्ना तथा बिरोधको कार्यक्रम जारी राखेको हो । बुधवार पनि समितिले धर्नालाई यथावत राखेको हो । नागरिक उड्ययन प्राधिकरणको सो निर्णय फिर्ता नहुञ्जेलसम्म विरोधका कार्यक्रम जारी रहने संघर्ष समितिले जनाएको छ । 
आन्दोलनमा सहभागीहरुले निजी हवाईजहाजसँग कमिसन खाएर राष्ट्रिय ध्वजावाहक जहाजलाई कमजोर बनाउन नहुने बताएका छन ।  नेपाल वायुसेवा निगमले कमाएको पैसा मुलुकभित्रै परिचालन हुने र पूँजि पलायन नहुने भन्दै यसले अर्थतन्त्रको विकासमा सघाउ पु¥याउने उनीहरुको भनाइ छ । विगत ८ दिनदेखि आन्दोलित हुँदापनि विभागिय मन्त्रीले कुनै चासो नदेखाएको भन्दै कर्मचारी आक्रोशित छन । माग सम्बोधनका लागि सरकार र विभागिय मन्त्री जिम्मेवार नबनेको भन्दै निरन्तर आन्दोलनमा जाने उनीहरुको चेतावनी छ । 
 

प्रतिक्रिया