मेलम्चीको पानी वितरणमा ढिलाइ

प्राविधिक समस्याभन्दा सम्बन्धित निकायको व्यवस्थापकीय कमीकमजोरीका कारण यस वर्ष मेलम्चीको पानी वितरणमा ढिलाइ भएको छ । सम्बन्धित निकायहरूबिच समन्वयको अभाव रहँदा बाढीपहिरोबाट उत्पन्न समस्या समाधानको पहल नै हुन नसकेको हो । सुरुङमा पानी पथान्तरण बन्द भएको सात महिना र मनसुन बाहिरिएको दुई महिना बित्न लाग्दा पनि मेलम्चीको मुहान खुलाउन अहिलेसम्म कुनै प्रयास भएको छैन । गत वर्ष मङ्सिरको पहिलो सातादेखि नै पानी वितरण सुरु भइसकेको भएपनि बर्षायाम सकिएको तीन महिनासम्म पनि पानी वितरण हुन सकेको छैन । बाढीपहिरोले क्षति पु¥याउने त्रासमा जेठमा पानी पथान्तरण बन्द गरिएपनि काठमाडौंमा पानी आएको छैन । करिब पाँच करोड रुपियाँ बाँकी रहेको रकमको भुक्तानी, धरौटी रकम फिर्ता र अदालतबाट मुद्दाको टुङ्गो नलागेसम्म मुहानस्थललगायत आयोजनाको कुनै पनि काम नगर्ने सर्त ठेकेदार कम्पनीको छ । 
 

प्रतिक्रिया