देशको अवस्थाले रुसी सेनामा भर्ना हुन बाध्य भयौं: नेपाली रुसी सेना

रुसी सेनामा भर्ना भएका एक नेपाली युवाले आफूहरू बाध्यताले रुसी सेनामा भर्ना भएको बताएका छन् । डाइमन्ड सी म्याग्देली नामको फेसबुकबाट ती युवाले देशको अवस्थाले आफुहरु जस्तै हजारौँ युवाहरू रुसी सेनामा भर्ना हुन बाध्य भएको उल्लेख गरेका हुन । उनले आफू १० वर्ष सशस्त्र द्वन्द्वमा होमिँदा राज्यसत्ता परिवर्तनका लागि लडेको तर अहिले पनि केही दलाल पुँजीवादीहरूको सत्तामा हालीमुहाली भएकाले रुसी सेनामा भर्ना हुन बाध्य भएको उनले उल्लेख गरेका छन ।  युद्धरत देशको सेनामा भर्ना हुँदा हुने जोखिमबारे जानकार भएरै स्वेच्छाले रुसी सेनामा भर्ना भएको उनले बताएका छन । लेनिनको देशमा पुटिनको सिपाही हुँदा कुनै गुनासो नभएको समेत उनको भनाइ छ ।  अहिले नेपालीहरूलाई रुसी सेनामा भर्ना गर्न बन्द गरिएको भन्दै उनले दलालको भ्रममा नपर्नसमेत सचेत गराएका छन् । 

प्रतिक्रिया