काठमाडौमा चिसो बढ्यो, आजको न्युनतम तपक्रम ५.८ डिग्री सेल्सियस

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले न्यूनतम तापक्रम अझै घट्ने र जाडो बढ्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस पुगेको छ । यो तापक्रम यस वर्षको अहिलेसम्मकै कम हो । आगामी दिनमा जाडो झन् बढ्ने सम्भावना रहेकाले चिसोबाट हुनसक्ने असरबाट बच्नका लागि सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका हुन । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा आज पनि मौसम बदली भएको छ । दिनभर पनि मौसम बदली हुने र मौसमको यो अवस्था अझै केही दिन रहने मौसमविदको भनाइ छ ।

प्रतिक्रिया