काठमाडौं महानगरमा आजवाट सुर्तीजन्य पदार्थ बिक्री गर्न नपाइने
काठमाडौं महानगरपालिकामा आजदेखि प्लाष्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थ बिक्री गर्न नपाइने भएको छ । महानगरपालिकाले आज मंसिर २७ बाट सुर्तीजन्य पदार्थ बिक्रीमा रोक लगाउने निर्णय गरे बमोजिम नयाँ नियम लागू भएको हो । अब महानगर क्षेत्रभित्रका सार्वजनिक स्थानमा धूमपान गर्न नपाइने पनि बताइएको छ । कसैले अवज्ञा गरेर बिक्री वितरण गरेको पाइए महानगर प्रहरीमार्फत जफत गरी कानुनअनुसार अधिकतम सजाय गरिने महानगरको चेतावनी छ । महानगरपालिका क्षेत्रभित्र प्लास्टिकको बट्टामा प्याकेजिङ गरिएका खैनी, गुट्खा, पानपरागसहितका सुर्तीजन्य पदार्थ बिक्री वितरणमा पूर्णरूपमा प्रतिबन्ध लगाइने जानकारी दिएको थियो । महानगर प्रमुख बालेन साहले आफ्नो भौगोलिक क्षेत्रभित्र प्लाष्टिकमा प्याक गरिएका सूर्तिजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्णनिषेध गरिने घोषणा गरेका हुन । महानगरले यसअघि असोज १ गतेदेखि सार्वजनिक क्षेत्रमा धूमपान गर्न प्रतिबन्ध लगाएपनि कार्यान्वयनमा ल्याउन सकेको छैन । महानगरभित्र खुलारुपमा आगो बाल्ने तथा फोहोर जलाउन नपाइने घोषणापनि प्रभावकारी देखिएको छैन । गत साउन १ गतेदेखि मापदण्ड तोकेर प्लाष्टिकको प्रयोगमा निषेधपनि कार्यान्वयन भएको छैन ।
प्रतिक्रिया