गाजामा बमबारीले इजरायलले अन्तर्राष्ट्रिय समर्थन गुमाउन थालेको अमेरिकाको टिप्पणी

मानवीय संवेदना विर्सेको आरोप

अमेरिकी राष्ट्रपती जो बाइडेनले गाजामा गरेको बमबारीका कारण इजरायलले अन्तर्राष्ट्रिय समर्थन गुमाउन थालेको बताएका छन् । कोष सङ्कलन कार्यक्रममा दाताहरूलाई गरेको सम्बोधनका क्रममा राष्ट्रपति वाइडेनले मानवीय संवेदनासमेतलाई ख्याल नगरी इजरायल नेतृत्व निर्दयी बनेको बताएका हुन । अमेरिकाबाट आएको पछिल्लो अभिव्यक्ति इजरायलको नेतृत्वको अहिलेसम्मकै सबैभन्दा कडा आलोचना हो । इजरायलको सैन्य अभियानलाई रोक्न डेमोक्र्याटिक पार्टी भित्रै पनि अमेरिकी नेताहरुलाई दबाब बढ्न थालेको समयमा राष्ट्रपति बाइडेनको पछिल्लो प्रतिक्रिया आएको हो । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायलले आफ्नो भूमि र बन्धकलाई मुक्त गर्नका लागि हमासलाई ध्वस्त पार्ने लक्ष्यका लागि आफुलाई अमेरिकाको पूर्ण समर्थन रहेको बताउदै आएका छन । इजरायलको पछिल्लो प्रतिक्रियामा अमेरिकी अधिकारीले भने असन्तुष्टि जनाएका छन ।
 

प्रतिक्रिया