सेयर बजार ३६ अंकले बढ्यो

साताको तेस्रो कारोबारको दिन शेयर बजारमा परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । मंगलबार नेप्से ३६ दशमलव ८६ अंकले बढेर १९८५ अंकमा कायम भएको हो । आज सबै समूहका सूचक बढेका छन् । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै ४.३ प्रतिशत बढ्दा जीवन बीमा, फाइनान्स, जलविद्युत् समूह ३–३ प्रतिशतभन्दा धेरैले बढेका हुन् । अंकका आधारमा बैंकिङ २, विकास बैंक ६५, फाइनान्स ५५, होटल तथा पर्यटन २२८, जलविद्युत् ६९, जीवन बीमा ३३३, उत्पादन १२३, माइक्रोफाइनान्स ५३, निर्जीवन बीमा २५६, अन्य ३८ र व्यापार ६० अंकले बढेको छ । कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही घटेको छ । सोमबार ४ अर्ब ८४ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ४ अर्ब ३० करोडको कारोबार भएको हो । मंगलबार कुल २१४ कम्पनीको मूल्य बढ्दा २४ कम्पनीको मूल्य भने घटेको छ । ४ कम्पनीको मूल्य स्थिर रह्यो । मंगलबार सबैभन्दा धेरै शिवम् सिमेन्ट शेयर किनबेच भएको छ । आज बोटलर्स नेपाल (बालाजु), धौलागिरि लघुवित्त, नेपाल रिपब्लिक मिडिया, सोनापुर मिनरल्सको मूल्य १० प्रतिशतले बढ्यो । बजार बढ्दा पनि सीवाईसी लघुवित्तको ५ र सिंगटी हाइड्रोको मूल्य ४ प्रतिशतले घट्यो ।

प्रतिक्रिया