गौतम बुद्धका दर्शन र उपदेश कहिले पनि पुराना हुँदैन: प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले गौतम बुद्धका दर्शन र उपदेश कहिलेपनि पुराना नहुने दाबी गरेका छन् । नवलपरासीको रामग्राममा आयोजित विश्व शान्ति कार्यक्रमलाई सम्बोधन गर्दै उनले बुद्धका दर्शन, सिद्धान्त र उपदेशको महत्व दिनप्रतिदिन बढ्दै जाने विश्वास व्यक्त गरेका हुन । प्रधानमन्त्री दाहालले अहिले विश्वमा शान्तिको आवश्यकता र महत्व अझ बढ्न गएको समेत बताए । ‘गौतम बुद्धका दर्शन र उपदेश कहिले पनि पुरानो नहुने र मानवजाति रहेसम्म बुद्धका दर्शन, सिद्धान्त र उपदेशको महत्त्व झन् दिनप्रति दिन बढ्दै उनको भनाइ थियो । प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्र संघको महासभामा सहभागी भएर नेपालको शान्ति प्रकिया अन्तिम चरणमा पुगेको जानकारी गराएको बताए । उनले विश्व शान्तिका निम्ति समेत अपील गरेको जानकारी गराए । युद्ध र शान्तिको विषयलाई उठाउँदै प्रधानमन्त्री दाहालले अशोक सम्राटलाई आफूसँग तुलना गर्दै कतै न कतै मिल्न जाने उल्लेख गरे । उनले अशोक सम्राट र आफ्नो भावना मिल्ने बताए ।
प्रतिक्रिया