प्रधानमन्त्री दाहाल पश्चिम नवलपरासीको रामग्राममा

प्रधानमन्त्री पुष्पकमल दाहाल आज पश्चिम नवलपरासीको रामग्राम पुगेका छन । उनी शान्तिका अग्रदुत गौतमबुद्धको अस्तुधातु रहेको ऐतिहासिक तथा धार्मिक स्थल रामग्राम स्तुपमा आयोजित कार्यक्रममा सहभागी हुन नवलपरासी पुगेका हुन । प्रधानमन्त्री दाहालले रामग्राम स्तुपमा आई विश्व शान्तिको कामनासहित दिप प्रज्वलन र स्तुप क्षेत्रको पुनर्स्थापना, संरक्षण तथा विकासका लागि दुरदर्शी परियोजनाको शुभारम्भ गर्ने कार्यक्रम  छ । रामग्राम स्तुप परिसरमा हुने कार्यक्रमको लागि स्तुप क्षेत्रलाई दुलहीझै सिंगारिएको छ । नगरपालिकाले यस कार्यक्रमलाई मध्यनजर गर्दे नगरभित्र आज सार्वजनिक बिदा दिने घोषणा गरेको छ । रामग्राम स्तूप गौतमबुद्धको अस्तु राखिएको आठ भागमध्येको एक ठाउँ हो । 

प्रतिक्रिया