राष्ट्रिय सभाको अध्यक्षका लागि सत्तारूढ तीन दलको दाबी
राष्ट्रिय सभाको अध्यक्षका लागि सत्तारूढ दलभित्र तीन दलले दाबी गरेका छन । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवाद)ले राष्ट्रिय सभाको अध्यक्षका लागि दाबी गरेका हुन । राष्ट्रिय सभाको अध्यक्षका लागि कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठ र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सक्रियता बढाएका छन् । माओवादी केन्द्रका सचिवसमेत रहेका गणेश साह वा रामनारायण बिडारीमध्ये एकलाई सदस्य बनाउँदै अध्यक्ष बनाउन माओवादीले खोजेको छ । एकीकृत समाजवादीले राष्ट्रिय सभाको अध्यक्षमा कृषि तथा पशुपन्छी मन्त्री डा. वेदुराम भुसाललाई ल्याएर एक अर्को सांसदलाई मन्त्री बनाउन खोजेको छ । राष्ट्रिय सभाका अध्यक्ष ६ सदस्यीय संवैधानिक परिषद्को सदस्यसमेत हुने भएकाले संवैधानिक आयोगका पदाधिकारी नियुक्तिलगायतका निर्णयमा महत्वपूर्ण भएकाले तीनवटै दलले अध्यक्षमा दाबी गरेका हुन् । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० सदस्यको पदावधि २० फागुनपछि सकिँदै छ । १९ सदस्यका लागि ११ माघमा निर्वाचन हुने र एक जना राष्ट्रपतिबाट हुनेछन् ।
प्रतिक्रिया