यस हिउँदयाममा औसतभन्दा बढी वर्षा हुने

यस हिउँदयाममा नेपालमा औसतभन्दा बढी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले यस वर्षको हिउँदमा औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको हाे ।  विभागको जलवायु विश्लेषण शाखाले जनाए अनुसार मङ्सिर १५ देखि फागुन १७ गतेसम्मको अवधि हिउँदयाम होरु। यस अवधिमा हुने सरदर वर्षा ६०.१ मिलिमिटरलाई औसत वर्षा मानिएको छरु। यो वर्ष  कोशीको तराई र मधेश प्रदेशका क्षेत्रमा वर्षा कम हुने र बागमतीदेखि पश्चिमी भेगका अधिकांश भू–भागमा औसतभन्दा बढी वर्षा हुने विभागको प्रक्षेपण छ । तापक्रमको उतारचढाव पनि सोही अनुसार पूर्व र मधेशतिर कम चिसो हुने र मध्यदेखि पश्चिमतिर बढी चिसो हुने महाशाखाले जनाएको छरु। हिउँदे अवधिको जलवायुमा प्रभाव पार्ने पूर्वी प्रशान्त महासागरमा विकसित हुने अलनिनो र दक्षिण ओसिलिएसनसँगै हिन्द महासागरमा विकसित हुने दुई धु्रवीय प्रणालीको विश्लेषणले पनि यो वर्ष नेपालमा औसतभन्दा बढी वर्षा हुने आधार दिएको छ । 

प्रतिक्रिया