लगानी सम्मेलन निजीक्षेत्रलाई आकर्षित गर्न सफल हुन्छ:  अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले वैशाखमा लगानी सम्मेलन आयोजना हुनुअगावै कन्ट्री रेटिङको प्रक्रिया पूरा गर्ने जानकारी दिएका छन । आज अर्थ मन्त्रालयमा विभिन्न विकास साझेदारलाई लगानी सम्मेलनका विषयमा जानकारी दिन भएको छलफलमा उनले वैशाखअघि नै कन्ट्री रेटिङ गरिसक्ने बताएका हुन । नेपालमा लगानी गर्न आवश्यक पर्ने सबै खालका नीतिगत ऐन नियमहरु परिमार्जन गर्न सरकारले प्रमुख प्राथमिकता दिने मन्त्री महतको भनाइ छ । 
अर्थमन्त्री महतले सम्पती शुद्धीकरणसम्बन्धी बलियो कानून बनाउनुपर्ने र अन्य कानुनमा पनि सुधार गर्नुपर्ने आवश्यकता रहेको भन्दै त्यसका लागि पनि सरकार प्रतिवद्ध रहेको बताए । सम्मेलन लगानी सम्मेलनमा निजी क्षेत्रलाई आकर्षित गर्न सफल हुने उनको विश्वास छ । नेपालमा जलविद्युत, पर्यटन, सफ्टवेयर लगायतका क्षेत्रमा लगानी गरेर नाफा कमाउने सम्भावना मन्त्री महतले औल्याए । लगानी भित्र्याउनको लागि सरकार नीति र कानूनमार्फत सहयोग गरेर नेपालमा लगानी गर्ने कम्पनीलाई नाफा कमाउने अवसर सिर्जना गर्न सरकार तयार रहेको उनले स्पष्ट पारे । मन्त्री महतचले लगानीकर्ताका खराब अनुभवलाई हटाउँदै जानसके पनि नेपालमा लगानी आकर्षित गर्न सकिन्छ भन्नेमा सचेत रहेको बताए ।

प्रतिक्रिया