नेप्से १५ अंकले घट्यो, कारोबार भने पाँच महिना यताकै उच्च
आईतवार सकारात्मक सर्किट लागेको नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ । मौद्रिक नीतिको समिक्षा पछिको पहिलो कारोबारको दिन सोमवार १ सय ११ अंकभन्दा बढी अंकले बढेको नेप्से आज १५ दशमलब ४० अंक घटेर १ हजार ९ सय ४८ दशमलब ५७ बिन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४ दशमलब ३३ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १ दशमलब ०९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १ दशमलब ५२ अंकले घटेर कारोबार बन्द भएको छ । कारोबार भने पाँच महिना यताकै उच्च भएको छ ।। आज कारोबारमा आएका तीन सय ३ कम्पनीको १ करोड ४६ लाख ९८ हजार कित्ता शेयर ४ अर्ब ८४ करोड २७ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । सोमवार सोनापुर मिनरल्स एण्ड आयल कम्पनीको २५ करोड १५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आईतवार ४८ करोड २४ लाख ८२ हजार २ सय ३९ रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । नेप्सेका १३ उपसमूहमध्ये सोमवार ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ । जसमा म्युचुअल फण्ड उपससमूहको परिसूचक २ दशमलब १६ प्रतिशत बढेको छ भने निर्जीवन बीमा उपसमूहको परिसूचक १ दशमलब ३७ प्रतिशत बढेको छ । तर यता विकास बैंक उपसमूहको परिसूचक २ दशमलब ०९ प्रतिशत घटेको छ । आज नेप्से परिसूचक १५ अंकले गिरावट आएपनि तीन कम्पनीको शेयर सकारात्मक सर्किट लागेको छ । बोटलर्स नेपाल, सामुदायिक लघुवित्त र डोल्टी पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबारमा सर्किट लागेको हो । समता घरेलु लघुवित्तको शेयरमूल्य भने ७ दशमलब १५ प्रतिशत घटेको छ ।।
प्रतिक्रिया