काठमाडौं विश्वविद्यालयको दीक्षान्त समारोह मंसिर २७ गते
काठमाडौं विश्वविद्यालयको २९ औं दीक्षान्त समारोहको पहिलो चरणमा १ हजार ८ सय ३८ विद्यार्थी दीक्षित हुने भएका छन् । विश्वविद्यालयले पत्रकार सम्मेलन गर्दै मंसिर २७ गते बुधबार केन्द्रीय परिसर धुलिखेलमा हुने समारोहवारे जानकारी दिएको हो । कुलपति रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा हुने कार्यक्रममा शताब्दी पुरूष वरिष्ठ चिकित्सक डा. गौरीशंकरलाल दास प्रमुख अतिथिको रुपमा सहभागी हुने भएका छन । दीक्षान्तमा स्कुल अफ आर्ट्स, एजुकेसन, इन्जिनियरिङ, ल, म्यानेजमेन्ट, मेडिकल साइन्सेज र साइन्स विधाका पीएचडी, डिएम र एमसिएच तहका १८ जना, एमफिल तहका ३८ जना, स्नातकोत्तर तहका ३ सय १४ जना, पिजिडी तहका ५२ जना दीक्षित हुने भएका हुन । त्यस्तै र स्नातक तहका १ हजार ४ सय १६ जना सहित जम्मा १ हजार ८ सय ३८ जना विद्यार्थी दीक्षित हुने विश्वविद्यालयले जनाएको छ । काठमाडौं विश्वविद्यालयबाट हालसम्म ४३ हजार १ सय २३ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।।
प्रतिक्रिया