एनसेलमा भ्रष्टाचार ग¥यो भन्ने दुष्प्रचार भएको भन्दै प्रधानमन्त्रीको आपत्ति

गठबन्धन तोड्ने र सरकार ढाल्ने षड्यन्त्र भइरहेको उल्लेख

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूले पहिला भएका भ्रष्टाचारका काण्ड भन्दा सयौँ गुणा ठूलो भ्रष्टाचार एनसेलमा ग¥यो भन्ने दुष्प्रचार भएको भन्दै आपत्ति प्रकट गरेका छन । आज पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडा कोटेश्वरमा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै उनले दुबईबाट फर्किंदै गर्दा आफूले ठूलो षड्यन्त्रको नमूना पाएको बताएका हुन ।  राष्ट्रको, जनताको, संविधान र लोकतन्त्रको हीतमा आफू अघि बढिरहेको भन्दै अध्यक्ष दाहालले दुष्प्रचार गर्नेहरुलाई सोही स्तरबाट प्रतिवाद गर्न पनि आग्रह गरे ।
प्रधानमन्त्री दाहालले अहिले रातदिन विभिन्न किसिमले गठबन्धन तोड्ने, सरकार ढाल्ने अर्को बनाउने कसरत भइरहेको समेत बताए । 
प्रधानमन्त्री दाहालले गठबन्धन पूरै अवधि जाने र अब एक वर्षको समीक्षा गर्नै र अर्को एक वर्षको निम्ति नयाँ रणनीतिबारे सोच्ने बेला आएको बताए । सरकारले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन लागेपछि सरकारमाथि अर्को ठाउँबाट प्रहार गर्ने षड्यन्त्र भइरहेको उनको गुनासो थियो ।रुसी सेनामा भर्ती हुने नेपालीहरुको संख्या दुई सय रहेको औपचारिक जानकारी आएको समेत प्रधानमन्त्री दाहालले जानकारी दिए । हमास आक्रमणमा बेपत्ता भएका विपिन जोशीको फिर्तीका लागि अन्तिम प्रक्रियातिर बढीरहेको पनि उनले बताए ।
 

प्रतिक्रिया