एमालेको एकल बहुमत सरकार नबनेसम्म देश समृद्ध हुदैन: ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेकपा एमालेले एकल बहुमत ल्याएर सरकार नबनाएसम्म देश समृद्ध हुन नसक्ने बताएका छन । आज मध्यपहाडी संकल्प यात्राको क्रममा सिन्धुपाल्चोकको खाडीचौरमा भएको सभालाई सम्बोधन गर्दै उनले देश विकासका लागि एमालेको एकल बहुमत आवश्यकता औल्याएका हुन । अध्यक्ष ओलीले एमालेलाई आन्तरिक र वाह्य शक्तिहरु मिलेर सरकारबाट हटाए र पार्टी फुटाए पनि पार्टीलाई कमजोर पार्ने सपना पुरा नभएको दाबी गरे ।
अध्यक्ष ओलीले अब कुनै भ्रम र अन्योलमा नपरी मिसन ०८४ का लागि पार्टी पंक्तिलाइ अगाडि बढ्न आवश्यक रहेको बताए । राष्ट्रिय हित र जनताको समस्या बुझ्ने पार्टी एमालेबाहेक अरु हुन नसक्ने उनको दाबी छ । अध्यक्ष ओलीले समृद्ध नेपाल सुखी नेपालीको सपना मिसन ८४ भन्दा पनि पिस्कर काण्ड देखिएको सपना भएको उल्लेख गरे । उनले मुलुकमा नेकपा एमाले बाहेकको अरु कुनै वैकल्पिक शक्ति नभएको स्पष्ट पारे ।

प्रतिक्रिया