बालुवाटारमा गठबन्धन दलका शीर्ष नेताहरूको छलफल
प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धन दलका शीर्ष नेताहरू आज छलफल भएको छ । बैठक राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार तय गर्ने विषयमा केन्द्रीत रहेको बताइएको छ । माघ ११ गते हुने १९ सदस्य राष्ट्रियसभा निर्वाचनका लागि दलीय भागबण्डानजिक पुगे पनि कसले कति पाउनेमा निष्कर्षमा पुगेको छैन । साथै बैठकमा एनसेल प्रकरण, राष्ट्रिय सभामा भागबण्डा, विमानस्थल सुन तस्करी प्रकरण, सत्य निरुपण तथा बेपत्ता छानविन विधेयक लगायत विषयमा छलफल भएको छ । बैठकमा प्रधानमन्त्री प्रचण्ड, माओवादीका महासचिव देव गुरुङ, कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायतका शीर्ष नेताहरू सहभागी छन् ।।
प्रतिक्रिया