मानव अधिकारको आदर्श नविर्सन अधिकारकर्मीलाई ओलीको सुझाव

नेकपा एमालेका अध्यक्ष केपी ओलीले मानव अधिकार कुनै ब्यवसाय र पेशा नभएको बताएका छन । राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्चले धुलिखेलमा आयोजना गरेको कार्यक्रमा अध्यक्ष ओलीले मानव अधिकार आदर्श भएको बताएका हुन । अध्यक्ष ओलीले आफु सरकारमा रहदा बालबासलका सडकमा जानुपर्ने अवस्था अन्त्य र सडक बालबालिकाहरुको अभिभावकत्व ग्रहण गरेर मानव अधिकार रक्षा गरेको दाबी गरे । 
अध्यक्ष ओलीले एमालेले जेष्ठ नागरिक, अपाङ्गता भएका ब्यक्तिहरुलाई सामाजिक सुरक्षा भत्ता दिएको बताउँदै अध्यक्ष ओलीले कोहि भोकले मर्दैन भन्ने अभियानका साथ मानव अधिकार रक्षाकै काम गरेको दाबी पनि गरे । अध्यक्ष ओलीले अधिकारका लागि काम गरिरहेका संघ संस्थाहरुसँगको समन्वय गर्दा अझै धेरै नागरिकका हितमा काम गर्न सकिने बताए । 
 

प्रतिक्रिया