डाक्टर केसीको अनसनले  चिकित्सा शिक्षा ऐन परिवर्तन प्रक्रिया रोकिदैन: स्वास्थ्यमन्त्री बस्नेत

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले डाक्टर गोबिन्द केसीको अनसन वा आन्दोलनले सरकारले चिकित्सा शिक्षा ऐन परिवर्तन प्रक्रिया नरोक्ने बताएका छन । आज चितवनको भरतपुरमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले पुरानो ऐनकै कारण मुलुकमा चिकित्सा शिक्षा कमजोर भई बिद्यार्थीले पढ्न नपाउने वातावरण भएकोले सरकारले तत्काल ऐन परिवर्तन गर्न लागिरहेको बताएका हुन । मन्त्री बस्नेतले डाक्टर केसी कराउँदैमा वा आन्दोलन गर्दैमा यसअघिका सरकार डराएको कारण अहिले लाखौं चिकित्सक शिक्षा पढ्न बाहिर गएको जिकिर समेत गरे ।
मन्त्री बस्नेतले सरकारले स्वास्थ्य  क्षेत्रमा कर्मचारी थप्ने गृहकार्य समेत गरिरहेको जानकारी दिए । सरकारी स्कुलमा कक्षा १२ सम्म सर निशुल्क गर्ने तयारी गरेको समेत उनले बताए । 

प्रतिक्रिया