काठमाडौं विश्वविद्यालय र बाल सङ्गठनबीच छात्रवृत्ति सम्झौता

काठमाडौं विश्वविद्यालय र नेपाल बाल सङ्गठनबीच बाल सङ्गठनमा आश्रित बालबालिकालाई छात्रवृत्ति दिने विषयमा सम्झौता भएको छ । काठमाडौं विश्वविद्यालय धुलिखेलमा आयोजित कार्यक्रममाझ विश्वविद्यालयका तर्फबाट स्कुल अफ इन्जिनियरिङका डीन मनिष पोखरेल तथा नेपाल बाल सङ्गठनका तर्फबाट अध्यक्ष विद्या उपाध्याय न्यौपानेले सम्झौतामा हस्ताक्षर गरेका हुन । सम्झौता अनुसार नेपाल बाल सङ्गठनद्धारा सञ्चालित बाल गृहहरुमा संरक्षित कक्षा १२ उत्तिर्ण गरेका बालबालिका मध्ये कम्तिमा दुई जनालाई काठमाडौं विश्वविद्यालयका शैक्षिक कार्यक्रममा अध्ययनको लागि पूर्ण छात्रवृत्ति दिने भएको छ । सम्झौता अनुसार विश्वविद्यालयले बाल सङ्गठनको पाँचखाल, काभ्रेमा रहेको जमीन भाडामा लिएर त्यहाँ इन्जिनियरिङ अध्ययन तथा अध्यापनका सम्भावना खोज्ने, पुरानो भवनको जिर्णोद्धार गर्ने तथा नयाँ संरचना निमाण हुनेछ । दश वर्षमा नवीकरण हुने गरी दुई पक्षवीच सम्झौता भएको  हो । नेपालका ७७ वटै जिल्लामा शाखा भएको बाल सङ्गठनमा हाल ३ सय ६० भन्दा बढी बालबालिका संरक्षित छन् । 
 

प्रतिक्रिया