युक्रेनी राष्ट्रपति जेलेन्स्की सहयोगबारे छलफल गर्न अमेरिका भ्रमणमा

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की युद्धमा आवश्यक थप सहयोगबारे छलफल गर्न अमेरिका भ्रमणमा निस्केका छन् । अर्जेन्टिना हुँदै अमेरिका हिँडेका जेलेन्स्कीले मंगलबार अमेरिकी राष्ट्रपति जो बाइडेनलाई भेट गर्ने तालिका छ । युक्रेनी राष्ट्रपतिले भोलि अमेरिकी सिनेटरहरुलाई सम्बोधन पनि गर्नेछन् । युक्रेनले हातहतियार र सैन्य हवाई प्रणालीको संयुक्त विकास कार्यक्रमलगायत आगामी वर्ष दुवै देशको समन्वयबारे भ्रमणमा छलफल हुने बताइएको छ । राष्ट्रपति बाइडेन प्रशासनले प्रस्ताव गरेको सहायताप्रति अमेरिकी संसद कंग्रेसले आनाकानी गरेकै समयमा जेलेन्स्कीको भ्रमण हुन लागेको हो । रिपब्लिकन सांसदहरुले युक्रेन र इजरायललाई करिब एक सय छ अर्ब डलर आपतकालीन सहायताको बाइडेन प्रशासनको प्रस्ताव अवरुद्ध पारेका छन् । त्यसका लागि आप्रवासनसम्बन्धि सुधारको सर्त अघि सारेका छन । 

प्रतिक्रिया