प्रधानमन्त्री दाहालले विकासे मन्त्रालयका आयोजनाको बारेमा छलफल थाल्ने
प्रधानमन्त्री पुष्पकमल दाहालले आजबाट विकाससँग सबन्धित मन्त्रालयहरूसँग आयोजनाको बारेमा विषयगत मन्त्रालयहरूसँग छलफल थाल्ने भएका छन । विकास निर्माणका काममा सुस्तता आएको र सरकारको कार्यसम्पादन कमजोर भएको आलोचना आएपछि प्रधानमन्त्री दाहालले छलफल थाल्ने भएका हुन । उनले आज भौतिक मन्त्रालयसँग काठमाडौं तराई द्रुत मार्ग, बुटवल नारायणघाट सडक खण्डमा भएको प्रगति, पुष्पलाल मध्यपहाडी राजमार्ग लगायतका विषयमा छलफल तय भएको छ । केही आयोजनालाई गौरवका आयोजना बाट हटाएर प्राथमिकता प्राप्त आयोजनामा राख्ने विषयमा पनि छलफल हुने बताइएको छ । नेपाल सरकारले गौतम बुद्ध रङ्गशाला सहित २४ आयोजनालाई राष्ट्रिय गौरवका आयोजनमा सूचीकरण गरेको छ । सूचीकरणमा रहेका १२ वर्षसम्म पनि धेरै जसो आयोजनाको काम सन्तोषजनक काम हुन सकेको छैन ।
प्रतिक्रिया