एमालको समृद्धिको लागि संकल्प यात्रा आज रामेछाप पुग्दै

नेकपा एमालेले गत मंसिर १४ गतेबाट सुरु गरेको समृद्धिको लागि संकल्प यात्रा आज रामेछाप पुग्दैछ । झुलाघाट–चिवाभञ्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्गको यात्रा आज नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्मथलो रामेछाप पुग्ने भएको हो ।  संकल्प यात्राको टोली आइतबार काभ्रेको धुलिखेल पुगेको छ । आज बिहान धुलिखेलबाट  यात्रा सिन्धुपाल्चोक, दोलखा हुँदै साँझ रामेछापको सदरमुकाम मन्थली पुग्नेछ । आज दिउँसो दोलखाको चरिकोटमा सभा राखिएको छ । सो सभा सकेर अध्यक्ष ओली लगायतको अभियानको टोली मन्थली पुग्नेछन । आज साँझ मन्थलीको तीनलाल पार्कमा सन्देश सभा राखिएको छ । विभिन्न सांस्कृतिक कार्यक्रमसहित साँझ सभा हुने छ  । मंगलबार बिहान अन्तरक्रिया कार्यक्रम राखिएको छ । मन्थलीको अन्तरक्रिया सकेर मंगलबार बिहान टोली सिन्धुलीको खुर्कोट हुँदै घुर्मी प्रस्थान गर्ने छ । मंगलबार घुर्मीमा सभा हुनेछ । बैतडीको झुलाघाटबाट मंसिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।। 

प्रतिक्रिया