प्रधानमन्त्री पुष्पकमल दाहालर  प्रदेश सरकारका प्रतिनिधिहरूबीच छलफल

प्रधानमन्त्री पुष्पकमल दाहालले आज मधेश प्रदेश सरकारका प्रतिनिधिहरूबीच छलफल गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा संविधानको व्यवस्थाबमोजिमका संघीय कानूनहरू निर्माणको विषयमा छलफल भएको बताइएको छ । मधेशकाका मुख्यमन्त्री सरोजकुमार यादवको नेतृत्वमा आएको टोलीले संविधानमा व्यवस्था भएबमोजिमका सङ्घीय कानूनहरू छिटो निर्माण गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो । भेटमा उनीहरूले एक महिनाभित्र निजामती सेवा ऐन र प्रदेश प्रहरी समायोजन गरिसक्न सङ्घीय सरकारलाई अल्टिमेटम दिएकोमा सो अवधि पूरा भएको भन्दै आफूहरू सङ्घर्षमा जाने बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । जवाफमा प्रधानमन्त्री दाहालले आफू र आफ्नो पार्टी माओवादी केन्द्र नै सङ्घीयताको जन्मदाता भएको स्पष्ट पार्दै सङ्घीय कानूनहरू निर्माणमा सरकार गम्भीरतापूर्वक लागिरहेको बताए आश्वासन दिएका छन । उनले सरकारले सङ्घीयतासम्बन्धी विधेयकहरू अगाडि बढाइसकेको जानकारी पनि दिदै आन्दोलनका कार्यक्रम फिर्ता लिन अनुरोध गरेका छन  ।।
 

प्रतिक्रिया