परराष्ट्रमन्त्री एनपी साउद २१औं दोहा फोरममा सहभागी हुन कतार प्रस्थान
काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद २१औं दोहा फोरममा सहभागी हुन कतार प्रस्थान गरेका छन् । मन्त्री साउद शनिबार बिहान ७ः४५ बजे कतार एयरलाइन्सको उडानमार्फत त्यसतर्फ गएका हुन् । परराष्ट्रमन्त्री साउदले डिसेम्बर १० अर्थात आइतबारदेखि कतारमा सुरु हुने दोहा फोरममा सहभागिता जनाउने छन् । साथै साउदले उच्चस्तरीय भेटघाटका क्रममा हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि पहल पनि गर्ने साउदको सचिवालयले जनाएको छ । कतारमा मन्त्री साउदले समकक्षीसँगै विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखारीसँग विपिन जोशीको बारेमा कुराकानी गर्ने कार्यतालिका तय भएको छ ।
प्रतिक्रिया