गाजामा युद्धविरामका लागि सुरक्षा परिषद्ले राखेको प्रस्तावमा अमेरिकाद्वारा भिटो प्रयोग

काठमाडौं । गाजा क्षेत्रमा भइरहेको युद्ध रोक्न संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा पेस भएको प्रस्तावमा अमेरिकाले भिटो प्रयोग गरेको छ । जसका कारण यो प्रस्ताव पारित हुन नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सुरक्षा परिषद्को हिजो भएको आपतकालीन बैठकमा यूएईले गाजामा तत्काल एक मानवीय युद्धविराम लागू गर्न माग गर्दै प्रस्ताव पेस गरेको थियो । यो प्रस्तावमा १३ सदस्य देशले समर्थन गर्दै मत दिएका थिए भने अमेरिकाले भिटो प्रयोग गरेको खबरमा उल्लेख छ । बेलायत भने मतदानमा सहभागी नै भएन । अमेरिकाले तत्काल युद्धविराम गर्नु समस्याको समाधान नभएको प्रतिक्रिया दिएको छ । बैठकमा महासचिव एन्टोनियो गुटेरेसले लागू गर्नु भएको धारा ९९ बारे छलफल भएको थियो । इजरायलले गाजा क्षेत्रमा युद्ध बढाए पछि त्यहाँका हजारौँ नागरिकले संयुक्त राष्ट्रसङ्घको विद्यालयमा शरण लिने प्रयास गरेका छन् । इजरायल र प्यालेस्टाइनको विद्रोही समूह हमासबीच भइरहेको युद्धमा परेर १७ हजार भन्दा धेरैको ज्यान गइसकेको अनुमान छ ।

प्रतिक्रिया