सरकार एमालेको विरोध गर्ने काममा मात्रै लागेको ओलीको आरोप

एमालेले बाहेक अरुले देश बनाउन नसक्ने दाबी

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले वर्तमान सरकार एमालेको बिरोध गर्ने काममा मात्रै लागेको आरोप लगाएका छन् । शुक्रवार पोखरामा आयोजित महाकाली—मेची अभियानअन्तर्गत आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले एमालेको विरोध गर्ने र देशको शिर निहुराउने काम मात्रै गरेको आरोप लगाएका हुन् । उनले गठबन्धन सरकार विकास निर्माण र जनताको पक्षमा नरहेको दाबी समेत गरे । उनले समृद्ध नेपाल सुखी नेपाली बनाउनका लागि एकल महुमत आवश्यक पर्ने भएकाले एमालेले मिसन ०८४ अघि सारेको पनि बताए । 
अध्यक्ष ओलीले एमाले अहिलेका समस्या समाधानका लागि जनताको आवाज सुन्न महाकाली—मेची यात्रामा निस्किएको पनि बताए ।
 

प्रतिक्रिया