आईपीओ, हकप्रद, एफपीओ निष्काशन रोक्न हुँदैन: चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आईपीओ, हकप्रद, एफपीओ निष्काशन रोक्न नहुने बताएका छन् । शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ढकालले पछिल्लो दुई महिनादेखि धितोपत्र आईपीओ, हकप्रद, एफपीओ निष्काशनलाई स्थगित गर्दा बजारका लागि राम्रो नभएको भन्दै तत्काल खोल्न आवश्यक रहेको बताएका हुन् । तीनै तहका सरकारले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि लगानी सम्मेलनको तयारी गरिरहेको अवस्थामा रियल क्षेत्रका कम्पनीहले आईपीओ निष्काशनको  तयारी पूरा गर्दा समेत अनुमति नपाउनु राम्रो नभएको उनको भनाइ छ । अध्यक्ष ढकालले सरकार र धितोपत्र बोर्डले रियल क्षेत्रलाई प्रोत्साहन गरी आईपीओ निष्काशनका लागि तत्काल अनुमति दिन आवश्यक रहेको पनि स्पष्ट पारे । 
अध्यक्ष ढकालले सरकारको कर्जा नीतिका कारण केही कम्पनीहरुले बैंकहरुबाट कर्जा लिन नसकेको अवस्थामा त्यस्ता कम्पनीहरुलाई आइपीओ निष्काशन अनुमति दिँदा व्यवसायीहरुले भोग्दै आएको आर्थिक मन्दिलाई समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया