आलु र प्याजमा भ्याट’ लगाएपछि बिक्री वितरण ठप्प
सरकारले आयातीतसँगै स्वदेशी आलु प्याजमा पनि मूल्य अभिवृद्धि कर ‘भ्याट’ लगाएपछि व्यापारीले काठमाडौंमा आलु र प्याजको बिक्री ठप्प पारेका छन् । आलु प्याज व्यापारीले भ्याटको विरोध गर्दै आयात रोकेपछि बजारमा आलु र प्याजको अभाव भएको छ भने यसको फाइदा लिँदै कृत्रिम मूल्यवृद्धि समेत भएको छ । सरकारले आन्तरिक कृषिउपजमा लगाएको भ्याट फिर्ता नगर्दासम्म बजारमा आलु र प्याज आपूर्ति र कारोबार नगर्ने व्यवसायीले भनाइ छ । आलु र प्याजमा भ्याट लगाउने सरकारको निर्णयविरुद्ध व्यापारीले बिक्री बन्द गरेपछि कालिमाटी तरकारी बजारले समेत मूल्य तोकेको छैन । सोमबारसम्म प्रतिढक अर्थात पाँच केजीको २ सय २० रुपियाँ रहेको आलु अहिले बढेर चार सय रुपियाँ पु¥याइएको छ । आयातीत मात्र नभई स्वदेशी आलु र प्याजमा पनि भ्याट तिर्नुपर्ने अव्यावहारिक निर्णयका कारण व्यापारीले विरोध गरेका हुन् । सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत आयातीत आलु प्याजमा भ्याट लगाउने प्रावधान बनाएको थियो । काठमाडौं उपत्यकामा मात्रै दैनिक ७० हजार किलो आलु र ३० हजार किलो प्याज खपत हुने गरेको छ ।।
प्रतिक्रिया