उन्नाईस वर्ष मुनीको एशिया कप क्रिकेट आजबाट शुरु
उन्नाइस बर्ष मुनिको ‘यु १९’ एसिया कप क्रिकेट आजबाट सुरु भएको छ । यूएईमा आजदेखि पुस एक गतेसम्म चल्ने प्रतियोगितामा आठ टिम सहभागी छन् । नेपालले पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गरेको छ । यूएईमा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि नेपालले अहिले ब्याटिङ गरिरहेको छ । प्रतियोगितामा नेपाल समूह एमा छ । नेपाल रहेको समूहमा अफगानिस्तान, भारत र पाकिस्तान छन् । समूह बीमा बंगलादेश, जापान, श्रीलंका र यूएई छन् । नेपालले समूह चरण पार गर्ने लक्ष्य राखेको छ । आजको खेलपछि नेपालले समूहको दोस्रो खेलमा मंसिर २४ गते आइतबार अफगानिस्तानविरुद्ध खेल्नेछ । यस्तै, नेपालले समूह चरणको अन्तिम खेलमा मंसिर २६ गते मंगलबार भारतसँग खेल्नेछ । समूहका शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउनेछन् । दुवै सेमिफाइनल खेल मंसिर २९ गते हुनेछ । प्रतियोगिताको फाइलन खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पुस १ गते हुनेछ । अक्टोबरमा भएको छनोटबाट नेपाल, यूएई र जापानले शीर्ष तीन स्थान हासिल गर्दै एसिया कपमा स्थान बनाएका हुन् ।
प्रतिक्रिया