गृहमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर रहेको चिकित्सकको भनाई

काठमाडौ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर रहेको चिकित्सकहरूले बताएका छन् । मङ्गलवार मुटुको शल्यक्रिया गरिएको उनको स्वास्थ्य क्रमिक रुपमा सामान्य बन्दै गएको हो । मुटुमा समस्या देखिए पछि गृहमन्त्री श्रेष्ठलाई शहिद गङ्गालाल हृदय केन्द्र बाँसबारीमा भर्ना गरिएको थियो । मन्त्री श्रेष्ठको मुटुको देव्रे नसाको एन्जिओप्लास्टी गरिएको र हाल उनी सीसीयूमा रहेका छन । गृहमन्त्री श्रेष्ठलाई अझै तीन–चार दिन अस्पतालमै राखिने अस्पतालले जनाएको छ ।  यसअघि गत कात्तिकमा चीन भ्रमणमा रहेको बेला पनि उपप्रधानमन्त्री श्रेष्ठको मुटुमा समस्या देखिएपछि स्टेन्ट राखिएको थियो ।

प्रतिक्रिया