माघ एघार गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि दलहरु जुटे तयारीमा

काठमाडौ । माघ एघार गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि दलहरु तयारीमा जुटेका छन । राष्ट्रियसभाका २० जना सदस्यहरूको पदावधि आउँदो फागुन २० गते सकिने भएकाले निर्वाचन हुन लागेको हो । सत्ता साझेदार दलमा सत्तारूढ गठबन्धनमा कांग्रेसले मनोनीतसहित १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले ३ र जनता समाजवादीले १ सिट लिने प्रारम्भिक सहमति बनेको छ । कांग्रेसबाट कृष्णप्रसाद सिटौला, मीनेन्द्रप्रसाद रिजाल, सुजाता कोइराला, डीना उपाध्याय, गोविन्द पोखरेल, फरमुल्लाह मन्सुर, मीनबहादुर विश्वकर्मालगायत आकांक्षी छन् ।माओवादी केन्द्रले यसअघि नै सदस्य बनिसकेका रामनारायण बिडारीलाई अध्यक्षको भूमिकासमित राष्ट्रियसभा लान चाहेको छ । यस्तै एकीकृत समाजवादीबाट उपाध्यक्षद्वय प्रमेश हमाल र घनेन्द्र बस्नेतको बलियो सम्भावना रहेको बताइन्छ । जनता समाजवादीबाट महिलाको सिट खाली छ ।  पदावधि सकिने सदस्यहरूमा एमालेका ९, कांग्रेसका ४ माओवादी केन्द्र का ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ छन् । त्यसमा कोशीबाट २, मधेशबाट २, बाग्मतीबाट ४, गण्डकीबाट ३, लुम्बिनीबाट २ र कर्णाली र सुदूरपश्चिम प्रदेशबाट ३÷३ जनाको निर्वाचन हुँदैछ । यसैगरी राष्ट्रपतिबाट मनोनीत हुने एक महिला सदस्यको पनि पदावधि सकिँदैछ ।

प्रतिक्रिया