आर्थिक दृष्य सकारात्मक भए पनि त्यसको महशुस आम सर्वसाधारणले गर्न नसकेको प्रधानमन्त्रीको भनाइ
काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको वर्तमान आर्थिक दृश्य सकारात्मक भए पनि त्यसको महसुस आम सर्वसाधारणले गर्न नसकेको बताएका छन् । आजदेखि काठमाडौँमा सुरु भएको रेस्पोन्सेवल बिजनेस समिट कार्यक्रमलाई सम्बोधन गर्दै उनले तथ्याङ्क हेर्दा अर्थतन्त्रमा सुधारको अनुभूति हुँदै गएको देखिएपनि व्यवहारमा आम जनतामा आशाको रक्तसञ्चार सिर्जना गर्न अझै मेहनत गर्नुपर्ने परिस्थिति रहेको बताएका हुन् । प्रधानमन्त्री दाहालले आफूले अर्थतन्त्र सुधारमा केन्द्रित रहेर अझ बृहत् बैठक र केही नयाँ घोषणसमेत गर्ने तयारी गरिरहेको जानकारी समेत दिए ।
प्रधानमन्त्री दाहालले मुलुकको प्रमुख साझेदार निजी क्षेत्र मात्र होइन, सरकार र राज्यका सबै निकाय उत्तिकै जिम्मेवार रूपमा प्रस्तुत हुन आवश्यक रहेको पनि उल्लेख गरे । उनले सुशासन र भ्रष्टाचार नियन्त्रणमा सरकारले चालेको कदममा सबैको साथ र सहयोगको लागि आग्रह समेत गरे ।
प्रतिक्रिया