अमेरिकाको लस भेगास सहरस्थित नेभाडा विश्वविद्यालयमा गोली चल्यो

काठमाडौ । अमेरिकाको लस भेगास सहरस्थित नेभाडा विश्वविद्यालयमा गोली चलेको घटना सार्वजनिक भएको छ । युनिभर्सिटी अफ नेभाडा, लस भेगास क्याम्पसमा भएको आक्रमणमा तीन जनाको मृत्यु भएको छ भने चौथो व्यक्ति गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।सो घटनामा संदिग्ध आक्रमणकारीको मृत्यु भएको छ ।  संदिग्ध गोली चलाउने व्यक्ति पनि मृत फेला परेको प्रहरीले जनाएको छ । बुधबार दिउँसो भएको आक्रमणको घटनाको प्रहरीले छानविन गरिरहेको छ । गोली काण्डपछि विश्वविद्यालय खाली गरिएको छ ।  यस क्षेत्रका विश्वविद्यालय बन्द गरिएको छ । नजिकैको अन्तर्राष्ट्रिय विमानस्थलमा उडानहरू रोकिएको त्यहाँको प्रशासनले जनाएको छ ।  लास भेगास एक जुवाको अखडा र  मनोरन्जन केन्द्र हो ।  त्यहाँ हरेक वर्ष लाखौंको संख्यामा पर्यटक पुग्ने गरेका छन् । अमेरिकामा सामूहिक गोलीबारी डरलाग्दो घटना हुने गरेको छ । यस वर्ष ६ सयभन्दा बढी सामूहिक गोलीबारी भएको तथ्यांक छ । अमेरिकामा बन्दूक राख्ने कानून परिवर्तन गर्न व्यापक दबाब बढिरहेको छ ।

प्रतिक्रिया