स्वामित्व परिवर्तन गर्दा कर तिनुपर्ने भए तयार रहेको एनसेलको भनाइ
काठमाडौ । दुरसञ्चार सेवाप्रदायक एनसेलले आफ्नो माउ कम्पनीको स्वामित्व परिवर्तन गर्दा कर तिर्नुपर्ने भएमा कम्पनी तिर्न तयार रहेको बताएको छ । एनसेलले आज विज्ञप्ति जारी गरेर कारोबारलाई लिएर कर तिर्नुपर्ने भएमा नेपालको कानून पालना गर्ने प्रतिबद्धता जनाएको हो । मलेशियन कम्पनी आजियटाले गत साता एनसेलको ८० प्रतिशत शेयर स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बिक्री गरेको जनाएको थियो । यो किनबेच प्रतिस्पर्धाबाट गरिएको एनसेलले जनाएको छ । संसद्को सार्वजनिक लेखा समितिले बुधबार यस्तो कारोबार अपारदर्शी, शंकास्पद र अवास्तविक भएको भन्दै अनुसन्धान नटुंगिउन्जेल कारोबार रोक्न नेपाल सरकारलाई निर्देशन दिएको थियो । एनसेलले आज विज्ञप्ति निकालेर पारदर्शी प्रक्रियाबाट किनबेच गरिएको र शेयर कारोबारको मूल्य र संरचना क्रेता र बिक्रेता मार्फत निर्धारण गरिएको दावी गरेको हो । एनसेलको ८० प्रतिशत स्वामित्व किनेको स्पेक्ट्रलाइट यूकेका शेयरधनी सतिशलाल आचार्यका अनुसार सहमति भएको सम्झौता ढाँचा अनुसार आजियाटाले बेस पेमेन्ट बाहेक पाँच वर्ष अर्थात् सन् २०२९ सम्म थप लाभहरू नाफा बाँडफाँटको रूपमा प्राप्त गर्ने विज्ञप्तीमा उल्लेख छ । जस अनुसार यस शेयर कारोबारको इन्टरप्राइज भ्यालु लगभग ४० करोड अमेरिकी डलर रहेको भन्दै उनले त्यो कम्पनीको कार्यसम्पादनको आधारमा बिक्रेता कम्पनीले निश्चित समयावधिभित्र प्राप्त गर्ने बताइएको छ । कम्पनीको किनबेचमा आधारभूत मूल्यका रूपमा पाँच करोड अमेरिकी डलर तय गरिएको विवरण यसअघि सार्वजनिक भएको थिया े। भविष्यमा प्राप्त गर्ने लाभांश समेत जोड्दा यो रकम ४० करोड डलर अथाएत ५३ अर्ब पुग्ने अनुमान एनसेलको स्वामित्व किनेको स्पेक्ट्रलाइट यूकेका सतिशलाल आचार्यले गरेका छन । स्पेक्ट्रलाइट युके नेपाली मूलका सतिशलाल आचार्यको कम्पनी हो । विज्ञप्ति मार्फत उनले स्वामित्व खरीदको परिवर्तनकारी सम्झौताले एनसेललाई नेपलाी मूलको बृहत्तर स्वामित्व सहित कम्पनी र व्यवस्थापनतर्फ एनसेलको विकासलाई डो¥याउने दाबी गरेका छन् । एनसेलले स्वामित्व परिवर्तनबाट कम्पनीको सेवा र ग्राहकहरूलाई प्रदान गरिने सेवाको गुणस्तरमा कुनै बाधा अवरोध नहुने पनि दाबी गरेको छ ।।
प्रतिक्रिया