प्रधानमन्त्री दाहाल र अमेरिकी सुरक्षा परिषदकी निर्देशक लाउबाचरबीच बालुवाटारमा भेटवार्ता
काठमाडौ । अमेरिकी राष्ट्रपति जो बाइडेनका विशेष सहायक तथा दक्षिण एसियाका लागि राष्ट्रिय सुरक्षा परिषद्की वरिष्ठ निर्देशक रियर एडमिरल इलिन लाउबाचरले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेकी छन् । बुधबार काठमाडौं आएकी उनले आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा दाहालसँग भेटवार्ता गरेकी हुन् । भेटमा आपसी हित र सहकार्यका बिषयमा कुराकानी भएको बताइएको छ । उनले बुधबारै परराष्ट्रमन्त्री एनपी साउद, प्रधानसेनापति प्रभुराम शर्मा र राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीसँग भेटवार्ता गरेकी थिइन् । भेटमा दुई मुलुकबीचको सम्बन्धलाई थप बलियो बनाउने र द्विपक्षीय सहकार्य थप बढाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रिय सुरक्षा परिषद्की वरिष्ठ निर्देशक लाउबाचर दक्षिण एसिया क्षेत्रलाई नजिकबाट हेरिरहेकी अमेरिकी अधिकारी हुन् ।
प्रतिक्रिया