सरकार शासकीय प्रणालीमा सुधार गर्ने कुरामा केन्द्रित छ: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको ध्यान शासकीय प्रणालीमा सुधार गर्ने कुरामा केन्द्रित रहेको बताएका छन । आज ललितपुरमा आयोजित अन्र्तक्रिया कार्यक्रममा उनले समग्र शासकीय प्रणालीमा सुधार गरेर अघि बढ्ने सोच सरकारको रहेको बताएका हुन । प्रधानमन्त्री दाहालले शासकीय प्रणालीमा समग्र सुधारका लागि सरकारले शासकीय सुधार आयोग निर्माण गरेर अघि बढ्ने तयारी गरिरहेको पनि जानकारी दिए । 
प्रधानमन्त्री दाहालले जनताले अनुभुति गर्ने गरी सेवा प्रवाहको कामलाई अघि बढाउनका लागि समेत मुलुकको समग्र शासकीय प्रणालीमा सुधार गर्नुको विकल्प नरहेको दोहो¥याए । आफूले सरकारको नेतृत्व लिने बेलामा नतिजामुखि काम गर्न मन्त्रालयका सचिवहरुलाई दिएको निर्देशन अनुसार काम हुन नसकेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे । मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि आमुल परिवर्तनकारी सोचका साथ अघि बढ्नुपर्ने प्रधानमन्त्री दाहालको भनाइ छ । उनले जनतामा उत्साह आउने गरी परिणाममुखि काम गर्न पनि मातहतका सबै निकयलाई सचेत गराए । 

प्रतिक्रिया