एनसेलको सेयर किनबेचमा अनियमितता भए कडा कारबाही हुन्छ: सञ्चार मन्त्रालय

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एनसेलको सेयर किनबेचमा अनियमितता भएको पाइए कानुन बमोजिम कडा कारबाही हुने जनाएको छ । एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले एनसेलको सेयर बिक्रीका सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । नियामक निकायको स्वीकृति नलिएको र नियामकलाई जानकारी समेत नगराई अस्वाभाविक प्रावधान र मूल्यमा कारोबार भएको भन्दै प्रधानमन्त्रीले यस विषयमा छानबिन गर्न निर्देशन दिइसकेको पनि मन्त्रालयले स्मरण गराएको छ । एनसेलको शेयर खरिद बिक्री क्रियाकलापबाट नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजस्वलगायतका विषयमा पर्ने प्रभावका बारेमा विस्तृत अध्ययन तथा छानबिन गर्ने पनि मन्त्रालयले जनाएको छ । कुनै अनियमितता भएको पाइएमा नेपाल सरकारले सम्बन्धित सबैलाई तत्काल कानुन बमोजिम कडा कारबाहीको दायरामा ल्याउने विज्ञप्तीमा उल्लेख छ ।। 
 

प्रतिक्रिया