झुलाघाटदेखि सुरु भएको एमालेको अभियान गण्डकी प्रदेशमा
बैतडीको झुलाघाटदेखि नेकपा एमालेले सुरु गरेको यात्रा आज गण्डकी प्रदेश प्रवेश गरेको छ । ‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’ नारासहित सुरु भएको अभियान ८ सय ५२ किलोमिटर यात्रा पार गरेर गण्डकी प्रदेशमा आइपुगेको हो । आज गुल्मीको वामीटक्सारमा सभा तय गरिएको छ । एमालेको टोली आज दिनभर झीवाखोला, बुर्तिबाङ, बडिगाड, बामी टक्सारलगायत ठाउँमा सभा र भेटघाट गरेर राति गलकोटमा बास बस्ने छ । बिहीबार बागलुङ बजारमा सभा हुनेछ । दिउँसो एक बजे कालिका मन्दिर दर्शन गरेर टोली पर्वत हुँदै पोखरातर्फ प्रस्थान गर्ने तालिका छ । बिहीबार कास्कीको नौडाँडा, हेमजा हुँदै पोखरा पुग्नेछ । लमजुङ हुँदै २२ मंसिरमा यो टोली गोरखा बजार बसेर २३ मंसिरमा बागमती प्रदेशको धादिङ जानेछ । धादिङबाट धुलिखेल, मन्थली, दिक्तेल, भोजपुर, सक्रान्ती बजार, फिदिम–च्याङ्थापुसम्म पुग्ने छ । पुस एकमा च्याङ्थापु पुगेर अध्यक्ष ओलीसहितको टोलीको १९ दिने यात्रा समापन हुनेछ ।।
प्रतिक्रिया