मुटुमा समस्या देखिएपछि गृहमन्त्री श्रेष्ठ अस्पताल भर्ना
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ पुनः बिरामी परेका छन् । छातीमा असहज महशुस भएपछि गएराति उनलाई गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको उनको सचिवालयले जनाएको छ । अस्पतालमा राति नै उनको एन्जियोग्राम गरी देब्रे नसाको एन्टेरियर डिसेन्डिङ कोरोनरी आर्टरी गरिएको छ । हाल उनको सघन उपचार कक्षमा उपचार भइरहेको र स्वास्थ्यावस्था स्थिर रहेको बताइएको छ । उनको डा. अरुण मास्के सहितको चिकित्सक टोलीले उपचार गरिरहेको छ । श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल आज अस्पताल पुगेका छन् । आज बिहान सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र, बाँसबारी पुगेर उनले श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । यसअघि गएको कात्तिक १ गते चीन भ्रमणका क्रममा श्रेष्ठलाई हृदयघात भएको थियो । हृदयघात भएपछि बेइजिङस्थित पेकिङ मेडिकल कलेजमा एक सातासम्म उपचार गराएर उनी स्वदेश फर्किएका थिए ।।
प्रतिक्रिया