देशका लागि मिसन ८४ नभइ भिजन ९५ आवश्यक:  विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशका लागि मिसन ८४ नभइ भिजन ९५ बनाउन आवश्यक रहेको बताएका छन् । मंगलबार नेपाली काँग्रेस बाजुराद्धारा मार्तडीमा आयोजित वृहत आम सभालाई सम्बोधन गर्दे महामन्त्री शर्माले देशका सबै राजनीतिक दलहरू मिलेर अबको १५ वर्षमा देश बनाउने भिजन तयार गर्न आवश्यक रहेको बताएका हुन् । उनले चुनावका लागि मिसन ८४ नभइ कांग्रेसले जनताले दिएको जनमतको कदर गरेर ८०, ८१ र ८२ का लागि चिन्ता लिएर अगाडि बढीरहेको पनि बताए ।  
महामन्त्री शर्माले कांग्रेसकै अगुवाईमा नेपालमा भ्रष्टाचार नियन्त्रणका लागि कानुनहरु निर्माण भएकोे दावी पनि गरे । उनले बाजुराको विकासका सवालमा सदनमा शसक्त ढगले आवाज उठाउने आश्वासन समेत दिए ।
 

प्रतिक्रिया