राष्ट्रलाई ठग्ने ठगहरूलाई छोड्न सकिदैन: प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल राष्ट्रलाई ठग्ने ठगहरूलाई छोड्न नसकिने बताएका छन् । महोत्तरीको गौशालामा मधेश प्रदेशको प्रशिक्षण कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका दाहालले एनसेलको शेयर बिक्रीको सन्दर्भमा मुलुक ठग्नेहरुलाई छानबिन गरी कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन् । उनले एनसेलको सन्दर्भमा सत्यतथ्य छानविन गर्न सम्वन्धि निकायलाई निर्देशन गरिसकेको जानकारी समेत दिए । प्रधानमन्त्री दाहालले विगतमा विभिन्न काण्ड मच्चाउनेहरूसँग सरकार कडा रूपमा प्रस्तुत भएको दाबी समेत गरे ।
प्रतिक्रिया