एसमाजवादीको महाधिवेशन जेठ ३ गतेदेखि काठमाडौँमा हुने
नेकपा एकीकृत समाजवादीले राष्ट्रिय महाधिवेशनको नयाँ मिति तोकेको छ । आज पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकले पार्टीको राष्ट्रिय महाधिवेशन २०८१ जेठ ३ देखि ७ गतेसम्म काठमाण्डौमा गर्ने निर्णय गरेको हो । राष्ट्रिय महाधिवेशनमा दस्तावेज मस्यौदा सम्बन्धमा छलफलका लागि पार्टी अध्यक्ष माधव नेपालको संयोजकत्वमा २७ सदस्यीय कमिटीपनि बैठकले बनाएको छ ।
यसअघि एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन माघ १४ देखि १८ गतेसम्म तोकिएको थियो । यस्तै एकीकृत समाजवादीले माघ १४ र १५ गते राष्ट्रिय सम्मेलन गर्ने निर्णय पनि बैठकले गरेको छ ।
प्रतिक्रिया