हुम्ला खाद्य गोदाममा डेढ महिनादेखि खाद्यान्न अभाव
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्ला शाखाको गोदाम खाली हुँदा डेढ महिनादेखि सर्वसाधारण खाद्यान्न पाउनबाट वञ्चित भएका छन् । चालु आर्थिक वर्षको निर्धारित कोटाको खाद्यान्न हालसम्म ढुवानी हुन नसक्दा यस्तो समस्या भएको होरु । असोजयता लिमिटेडको शाखाबाट वितरण हुने खाद्यान्न पाउन नसकेको स्थानीयको गुनासो छ । यस वर्षको कोटाको खाद्यान्न हालसम्म ढुवानी हुन नसकेका कारण लिमिटेडको गोदाम खाली भएको खाद्यले जनाएको छ । साउनमा ढुवानीका लागि बोलपत्र आह्वान गरेर भदौबाट ढुवानी हुनुपर्ने खाद्यान्न हालसम्म सप्लायर्स छनोट चरणमा रहेकाले गोदाम खाली हुने अवस्था आएको खाद्यले जनाएको छ । लिमिटेडले भदौ महिनामा मात्र ढुवानीका लागि बोलपत्र आह्वान गरेको थियोरु। हाल गोदाममा १ सय २० क्विन्टल मात्र खाद्यान्न रहेको र सो बिक्री गर्न सक्ने अवस्था नरहेको खाद्यको भनाइ छ । एक पटक खाद्यान्न सर्वसाधारण, बजारवासी र कर्मचारीलाई बिक्री तथा वितरण गर्दा दुई हजार पाँच सय क्विन्टल आवश्यक पर्ने बताइएको छ । हाल मौज्दात रहेको न्यून खाद्यान्नबाट भैपरी आउने कार्य जन्म, मृत्यु, कैदीबन्दीलाई पनि अब चाँडै ढुवानी नभए वितरण गर्न नसकिने अवस्था छरु। यस वर्ष हवाई मार्गको खाद्यान्न सुर्खेतबाट छ हजार र नेपालगन्जबाट चार हजार क्विन्टल कोटा निर्धारण गरिएको छ ।
प्रतिक्रिया