एनसेलको सेयर खरिद–बिक्रीबारे छलफल गर्न लेखाले बोलायो बैठक

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले एनसेलको सेयर खरिद–बिक्रीबारे छलफल गर्न बैठक बोलाएको छ । दूरसञ्चार सेवा प्रदायक संस्था एनसेलको सेयर खरिद बिक्री सम्बन्धमा प्रारम्भिक छलफलका लागि बैठक बोलाइएको हो । बुधबार दिउँसो सिंहदरबारस्थित समितिको बैठक कक्षमा एनसेलबारे छलफल हुने समितिले जनाएको छ । मलेसियन कम्पनी आजियाटाले गत शुक्रबार एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट युके लिमिटेडलाई ६ अर्ब ६६ करोड रूपैयाँमा बिक्री गरेको बताएको थियो । त्यसमा ठूलो रकम कर छली भएको भन्दै छानविनको माग हुँदै आएको छ । 

प्रतिक्रिया